News in Nepali

सेयर बजार परिसूचक नेप्से आज ६४ अंकले घट्यो

Lumbinikhabar Online

बुधबार सेयर बजार परिसूचक नेप्सेमा ६४ अंकले घटेको छ । कुल ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ६३.९८ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सूचक ४३.९८ अंकले घट्दै २५ सय ५४.६० अंकमा झरेको छ । यता क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.५२ अंकले घट्दै ४८८.६९ अंकमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २८ कम्पनीका ७६ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ११ लाख रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै नेपाल लाइफ इन्सोरेन्सको १६ करोड रुपैयाँको शेयर कारोबार भएकाे छ ।

आज हिमालयन जनरल इन्सोरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले घटेको छ । यस्तै युनाइटेड मर्दी जलविद्युत् र ङ्यादी ग्रुप पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि रिलायन्स इन्सोरेन्स कम्पनीको शेयर चार प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?