News in Nepali

चलचित्र विकास बोर्डको प्रस्तावमा चलचित्र दूत’ नियुक्त गर्ने तयारी गर्दै सरकार

Lumbinikhabar Online

अन्तर्राष्ट्रिय बजारको नेपाली चलचित्रको खोजी र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले विदेशी बजारमा ‘चलचित्र दूत’ नियुक्त गर्ने तयारी थालेको छ । चलचित्र विकास बोर्डको प्रस्तावमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैतानिक दूत नियुक्तिको तयारी अघि बढाएको हो ।

मन्त्रालयले बोर्डको उक्त प्रस्ताव स्वीकृत गर्दै फाइल परराष्ट्र मन्त्रालयमा पठाएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले युरोप, मध्यपूर्व, अमेरिकासहित पूर्वी एसियाली मुलुकमा ‘चलचित्र दूत’ नियुक्तिको पहल सुरु भएको बताए ।

विदेशमा रहेका चलचित्रप्रति योगदान पुर्‍याउन सक्ने गैरआवासीय नेपाली र अन्य योग्य व्यक्तिलाई दूतमा नियुक्त गर्न प्रस्ताव गरिएको छ । ‘सञ्चार मन्त्रालयले फाइल स्वीकृत गरी परराष्ट्रमा पठाएको छ । यसबारे पहल अघि बढेको छ,’

सबै नियोगहरुमा नियुक्त नगरी फिल्म बजारको आवश्यकताको आधारमा दूत नियुक्त गर्ने तयारी छ । अवैतनिक दूतहरुले कानुनी मान्यता पाउने भएपनि सेवा सुविधा चाहिं पाउने छैनन् । बजार प्रवर्द्धनबाहेक फिल्म फेस्टिभल आयोजना र सांस्कृतिक आदानप्रदानमा समेत लाभ हुने आशा सरकारले लिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?