News in Nepali

नेप्से आज ४३ दशमलव १ अङ्कले घट्यो

Lumbinikhabar Online

हप्ताको दोस्रो दिन आज साेमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४३ दशमलव १ अङ्कले घटेर दुई हजार ६ सय १० दशमलव ६० विन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

सोमबार कुल कारोबार रकम ३ अर्ब ६६ करोडमा सीमित हुँदा तनहुँ पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा घट्दा लगानीकर्ताले धेरै गुमाए ।

Tags

छुटाउनु भयो कि ?