News in Nepali

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३२ जना पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार चार सय ५८ जना पुगेको छ ।

अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?