News in Nepali

आज नेप्से ५८ दशमलव ९९ अंकले घट्यो

Lumbinikhabar Online

सेयर बजार परिसूचक नेप्से ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर चार अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै आज युनिभर्सल पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले र न्यादी हाइड्रोको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन जनरल इन्स्याेरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?