News in Nepali

नेप्से आज १५ दशमलव ५० अङ्कले घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५० अङ्कले घटेर दुई हजार सात सय २० दशमलव ४३ विन्दुमा झरेको छ ।

आज जलविद्युत् समूहको शेयर झन्डै ३६ अङ्कले बढेको छ । अरू सबै समूहको शेयर भने घटेर राताम्मे भएको छ । बीमा, अन्य र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ६२ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब १३ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

बजार घटेपनि दिब्यश्वरी हाइड्रोपार र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिंदा मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै घलेम्दी हाइड्रोको शेयर नौ दशमलव २२ प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्त र नेपाल फाइनान्सको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

Tags

छुटाउनु भयो कि ?