News in Nepali

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा एपीएफको दोस्रो जित

Lumbinikhabar Online

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।

खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो ।

सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

Tags

छुटाउनु भयो कि ?