News in Nepali

पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।

Tags

छुटाउनु भयो कि ?