News in Nepali

नेप्से आज मङ्गलवार १७ दशमलव ४२ अङ्कले बढ्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ ।

आज उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको छ । बजार बढे पनि सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै दुई प्रतिशतले घटेकाे छ ।

आज दुई सय २८ कम्पनीका ६० लाख ८१ हजार कित्ता शेयर तीन अर्ब २१ करोड रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत् कम्पनी र युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे छ ।

Tags

छुटाउनु भयो कि ?