News in Nepali

नेप्से आज २५ दशमलव ४१ अङ्कले बढ्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

Tags

छुटाउनु भयो कि ?