News in Nepali

बलिउड अभिनेता अख्तर र मोडल शिवानी दान्डेकर बीच विवाह सम्पन्न

Lumbinikhabar Online

बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तर र मोडल शिवानी दान्डेकर बीच विवाह सम्पन्न भएको छ ।

फरहानको यो दोस्रो विवाह हो उनले यस अघि पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग गरेका थिए । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य समारोहका बीच शनिबार विवाह गरेका हुन् ।

फरहानले आफ्ना पिता जाबेद अख्तरको खण्डलास्थित फार्महाउसमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा बलिउडकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

Tags

छुटाउनु भयो कि ?