News in Nepali

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाले गर्यो मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गएको संकेत

Lumbinikhabar Online

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै गएको संकेत गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको परिमार्जनमार्फत थप विदेशी वस्तुको आयातमा कडाइ गर्नेदेखि आन्तरिक ऋण परिचालनमा समेत नियन्त्रण गर्ने नीति लिनुपर्ने स्थिति निम्तिएपछि मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको प्रष्ट भएको हो ।

बिहीबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रवाह हुने ट्रष्ट रिसिट लगायतका आयात कर्जा,व्यक्तिगत अधिविकर्ष कर्जा,जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा,व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जासमेत जोखिम भारमा पुनरावलोकन गरिने बताएको छ ।

यसको मतलब अहिले बजारमा व्याप्त तरलता अभाव निम्तनुको खास कारण नै यस्तै अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको बढी लगानी जानु रहेको बैंकको बुझाइ छ । बैंकबाट थप कर्जा लिएर व्यवसायीहरूले आयातित वस्तुमा समेत खर्च गर्नाले स्वदेशी मुद्रा पलायन भएको बैंकको निश्कर्ष छ । यही कारण थप आयात नियन्त्रण गर्नेगरी बैंकले भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा समेत पुनरावलोकन गरिने जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?