News in Nepali

पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि २ जनाको मृत्युु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा पीसीआर, आरडीटी र एन्टिजेन गरी सात हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि हालसम्म ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नौ सय दुई जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३५ जना निको भएसँगै नेपालमा अहिलेसम्म नौ लाख ४२ हजार सात सय ३७ जना कोरोनाबाट निको भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा थप ४३ हजार आठ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

Tags

छुटाउनु भयो कि ?