News in Nepali

नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ ।

बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्दुमा पुगेर बन्द भएको छ ।

आज दुई सय २४ कम्पनीका ६३ लाख ४३ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २२ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज न्यादी हाइड्रोको शेयर १० प्रतिशत तथा तेह्रथुम पावर कम्पनीको शेयर झन्डै नौ अङ्कले बढेको छ ।

 

Tags

छुटाउनु भयो कि ?