News in Nepali

हलिउड अभिनेता जाचारी होरविजलाई २० वर्षको जेल सजाय

Lumbinikhabar Online

हलिउड अभिनेता जाचारी होरविजलाई संघीय अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । लाखौ डलरको पोन्जी स्किम चलाएकोमा अदालतले एस्तो निर्णय सुनाएको हो ।

न्याय विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ,‘होरोविजले कम्तीमा पनि ६५ करोड डलर उठाएका छन् ।’

सोमारको विज्ञप्तिमा उनले २४० महिनाको जेल सजाए बुझेका थिए र २३ करोड डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख थियो ।

३५ वर्षीय होरविजमाथि केही पैसा उनको व्यक्तिगत खातामा राखेको र यसको प्रयोग व्यक्तिगत घर किन्नका लागि प्रयोग गरेका आरोप लागेका छ । उनको घरको मूल्य झन्डै ५७ लाख डलर रहेको छ ।

Tags

छुटाउनु भयो कि ?