News in Nepali

टेनिस खेलाडी जोकोभिक कोभिडविरुद्धको खोप लगाउनु भन्दा प्रतियोगिता त्याग्न तयार

Lumbinikhabar Online

टेनिस खेलाडी नोभाक जोकोभिकले कोभिडविरुद्धको खोप लगाउनु भन्दा टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै जोकोभिकले आफूलाई कोभिड खोप लगाउन बाध्‍य पारिए भावी टेनिस प्रतियोगिता त्याग्न तयार रहेको बताएका हुन् । साथै उनले आफू खोप विरोधी नभएको पनि जोकोभिकले प्रस्ट पारेका छन् । जोकोभिकले निश्चित टेनिस प्रतियोगितामा सहभागी हुन अनिवार्य खोप लगाएको हुनुपर्ने नियम परिवर्तन हुने र अझै केही वर्ष खेल्ने आशा समेत गरेका छन् ।

जोकोभिकलाई गत महिना कोभिड खोप नलगाएका कारण भिसा रद्द गरी स्वदेश फर्काइएपछि उनी अष्ट्रेलियन ओपनमा सहभागी हुन पाएका थिएनन् ।

 

Tags

छुटाउनु भयो कि ?