News in Nepali

अभिनेत्री तथा नेतृ रेखा थापाले गरिन विवाह

Lumbinikhabar Online

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । ३७ वर्षीय थापाले अमेरिका बस्दै आएका ४० वर्षीय बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा नेतृ रेखा
थापाले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ । उनको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्ध सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

रेखा र शाही लामो समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

चलचित्र `हिरो ´बाट २०५६ सालमा नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्‍यो मेरो मनलगायत चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै थापाले विभिन्न चलचित्र निर्माण गरेकी छन्।

पछिल्लो समयमा चलचित्र भन्दा बढी राजनीतिमा सक्रिय रहेकी थापा गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन तर उनी पराजित भइन् ।

Tags

छुटाउनु भयो कि ?