News in Nepali

आज साेमवार शुन्य दशमलव ०८ प्रतिशतले बढ्यो नेप्से

Lumbinikhabar Online

हिजो आइतवार एक सय अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार भने सामान्य शुन्य दशमलव ०८ प्रतिशतले नेप्से बढ्दै २७ सय दशमलव ९८ विन्दुमा अडिएको छ ।

आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य समूहको शेयर बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७५ लाख ४९ हजार कित्ता शेयर तीन अर्ब ६८ करोड ४० लाखमा किनबेच भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५४ करोड ९१ लाख बराबरको शेयर किनबेच भयो ।

यस्तै ,आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले घट्यो ।

Tags

छुटाउनु भयो कि ?