News in Nepali

प्रतिकूल मौसमका कारण बन्द भएको सुकेटार विमानस्थल पुनः सञ्चालनमा

Lumbinikhabar Online

भारी हिमपात र प्रतिकूल मौसमका कारण बन्द भएको सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । ताप्लेजुङ स्थित यो विमानस्थलमा गत दुई हप्तादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएको नेपाल वायुसेवा निगमका जनाएको छ ।

निगमले याे विमानस्थल हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार गरी उडान भर्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?