News in Nepali

पछिल्लो २४ घण्टामा कोभिड-१९का कारण १४ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

Tags

छुटाउनु भयो कि ?