News in Nepali

बिहीवार आज नेप्से ११.९६ अङ्कले घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।

बैंकिङ १०, होटल तथा पर्यटन १९, विकास बैंक २८, जलविद्युत २७, फाइनान्स १२, निर्जीवन बीमा ८१, लघुवित्त ३७, उत्पादन १ र जीवन बीमा उपसमूह १३ अंकले घटे । अन्य १२ र व्यापार उपसमूह ४६ अंकले बढे । कुल ३९ कम्पनीको मूल्य बढ्यो भने १४४ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।
मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो । सिन्धु विकास बैंकको भने सबैभन्दा धेरै २.२ प्रतिशतले बढ्यो । नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

Tags

छुटाउनु भयो कि ?