News in Nepali

एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

Lumbinikhabar Online

माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताइएको छ ।

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?