News in Nepali

नेपाली चलचित्र ‘आकाशे खेती’को टिजर सार्वजनिक

Lumbinikhabar Online

एसएस इन्टरनेशनल र तक्मे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा मुख्य कलाकार गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङलाई केन्द्रमा राखिएको छ ।

उदय सुब्बाले निर्देशन गरेको उक्त चलचित्रक फागुन २७ गते रिलिज हुन लागेको हो ।

चलचित्रमा रजनी गुरुङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल, लक्षु शर्माको समेत अभिनय देख्न सकिन्छ । चलचित्रमा विल्सनविक्रम राईको पटकथा तथा संवाद छ । यस्तै विक्रम केसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

चलचित्रको टिजरमा मुख्य तीन पात्रको जीवनमा आइपरेका विभिन्न समस्यालाई देखाउन खोजिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?