News in Nepali

शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घट्यो

Lumbinikhabar Online

शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ११ अङ्कले घटेर दुई हजार आठ सय १३ दशमलव ४७ विन्दुमा झरेको छ ।

कुल १६५ कम्पनीको मूल्य घट्यो भने २० को मात्रै बढ्यो । ६ कम्पनीको भने हिजोकै मूल्य कायम भयो । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशतले घट्यो । अरुणभ्याली हाइड्रोपावर, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, निफ्रा र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

 

Tags

छुटाउनु भयो कि ?