News in Nepali

बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिला पक्राउ

Lumbinikhabar Online

बैंकिङ कसुर मुद्दाका फरार रहेकि नुवाकोटकि ४१ वर्षीया अम्बिका बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, धनेश्वर, काठमाडौंमा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि जाहेरवालालाई चेक दिएकी थिइन् ।

काठमाडौको उच्च अदालत पाटनबाट आइतबार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

काठमाडौंको टोखामा बस्दै आएकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?