News in Nepali

पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना सङ्क्रमण बाट मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो भने थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ ।

थप पाँच हजार एक सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

Tags

छुटाउनु भयो कि ?