News in Nepali

मंगलबार सेयर बजारको परिसूचक नेप्से १६.३० अंकले घट्यो

Lumbinikhabar Online

मंगलबार सेयर बजारको परिसूचक नेप्से १६.३० अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २८३५ अंकमा कायम भएको छ । कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लाग्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् ।

१६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि अघिल्लो दिन १५ अंकले घटेको बजारमा ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?