News in Nepali

महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन

Lumbinikhabar Online

धारावाहिक सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको ७४ वर्षको उमेरमा निधन भएको छ ।

भारतिय टेलिभिजन दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियलमा अभिनय गरेका प्रवीणले महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । फिल्ममा काम गर्नु अघि प्रविण एक खेलाडीसमेत थिए

अघिल्लो वर्ष एक मिडियालाई दिएको अन्तरवार्तामा प्रविणले आफू लामो समयदेखि घरमा नै भएको बताएका थिए । स्वास्थ्य अवस्था ठिक नभएका कारण डाक्टरले पनि खानामा विभिन्न खालका प्रतिबन्ध लगाएको उनको भनाई थियो ।

Tags

छुटाउनु भयो कि ?