News in Nepali

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढ्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ ।

आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ ।

आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले र छ्याङ्दी हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ । आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर भने साढे चार प्रतिशतले घटेको छ ।

 

Tags

छुटाउनु भयो कि ?