News in Nepali

क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा

Lumbinikhabar Online



कोभिड-१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ ।

कोभिड-१९ का लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन हुन थालेपछि ओटावाका मेयर जिम वाट्सनले संकटकालको घोषणा गरेका हुन् ।

त्यहाँको सरकारले केहि दिनअघि क्यानडा-अमेरिका सीमा पार गर्नका लागि हरेक ट्रक चालकले भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको थियो । निर्णय सार्वजनिक भएलगत्तै क्यानडाका ट्रक चालकहरूले ओटावास्थित संसद् भवन अगाडि जम्मा भएर प्रदर्शन गरेका थिए ।

उनीहरूले तत्काल कोभिड-१९ को खोप अनिवार्य गरिएको निर्णय खारेज हुनुपर्ने भन्दै क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारको विरोध गरेका थिए ।

क्यानडेली रेडियो स्टेसन सीएफआरएमा बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरू दिन प्रतिदिन असंवेदनशील हुँदै गएकाले संकटकाल लगाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

Tags

छुटाउनु भयो कि ?