News in Nepali

नेप्से आज ४० दशमलव ५७ अङ्कले घट्यो

Lumbinikhabar Online

शेयर बजार परिसूचक नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।

आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्याेरेन्सको शेयर साढे सात प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि नेपाल हाइड्रोको शेयर आठ प्रतिशतले बढेको छ ।

Tags

छुटाउनु भयो कि ?