News in Nepali

जुम्लामा हिउँमा फसेका मानिसहरुको हेलिकप्टर मार्फत उद्धार गरिदै

Lumbinikhabar Online

जुम्लामा सेतक चिनी (खिरौंला) संकलन गर्न गएका लगभग ५५ जना मानिसहरु हिउँमा फसेका छन् । जिल्लाको तातोपानी गाउँपालिका ८ गाग्रा लेकमा उनिहरु फसेका हुन् । तर कति मानिस हिउँमा फसे भन्ने अझै यकिन हुन सकेको छैन ।

यस्तै त्यो क्षेत्रमा उद्धारको लागि खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भइरहेको छ । गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागिएको हो ।

स्रोतका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्। उनीहरु सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका हुन् ।

 

Tags

छुटाउनु भयो कि ?