News in Nepali

भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ‘मल्टी अर्गान फेलर’का कारण निधन

Lumbinikhabar Online

भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ‘मल्टी अर्गान फेलर’का कारण ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उहाँको निधन भएको हो ।

२८ सेप्टेम्बर १९२८ मा जन्मिनुभएकी लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।

Tags

छुटाउनु भयो कि ?