News in Nepali

भारतीय महिला फुटबलर कमला देवीले लिइन अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

Lumbinikhabar Online

 

भारतीय महिला फुटबलर कमला देवीले बधुबार आफ्नो इन्स्टाग्राममार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन् ‘यो मेरो लागि निकै ‘टफ’ निर्णय हो, ‘ उनले इन्स्टाग्राममा लेखेकी छन् ‘सर्वप्रथम म मेरा आमाबुवा र मेरो मायालुलाई धन्यवाद दिन चाहन्छु । त्यसपछि म ओजा बिरेनलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई ग्रासरुट लेभलमा फुटबल कसरी खेल्ने भनेर सिकाउनुभयो ।’

२९ वर्षीय कमला देवी सन् २०१० देखि राष्ट्रिय टिममा खेल्न थालेकी हुन् । उनले भारतका लागि ५१ खेल खेल्दै ३३ गोल गरेकी छन् । उनी सर्वाधिक क्याप जित्नेमा चौथो स्थानमा छिन् भने सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा छिन् ।

२०१७ मा फेडेरेसन फुटबलर अफ दि इअर बनेकी उनले पहिलो सिजनको इन्डियन वुमन्स लिगमा सर्वाधिक गोल गरेकी थिइन् ।

 

Tags

छुटाउनु भयो कि ?