News in Nepali

अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज

Lumbinikhabar Online

बलिउड अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर रिलिज भएको छ ।

निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीको यो
चलचित्रमा आलियाका साथै अजय देवगण पनि मुख्य भूमिकामा छन् । यो चलचित्रको कथा ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ । पुस्तकलाई हुसैन जैदीले लेखेका हुन् ।

यही २५ फेब्रुअरीमा रिलिज हुने उक्त चलचित्र ‘गंगुबाई काठियावाडी’बाट आलियाको करिअरको नयाँ अध्याय सुरु हुने विश्लेषण समेत गर्न थालिएको छ ।

Tags

छुटाउनु भयो कि ?