News in Nepali

आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी

Lumbinikhabar Online

सरकारले काेभिड–१९ को कारण बन्द गरेका विद्यालयहरु सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै आउँदाे फागुन १ गतेदेखि खोल्ने तयारी गरेको छ ।

आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?