News in Nepali

अहिलेसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख ५५ जना

Lumbinikhabar Online

छिमेकी मुलुक भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट एक लाख ४९ हजार ३९४ सङ्क्रमित थपिदा एक हजार ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।

हाल भारतमा कोभिड-१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । ती मध्ये हाल सक्रिय सङ्क्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कूल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?