News in Nepali

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १६ जनाको मृत्यु

Lumbinikhabar Online

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ ।
भने २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।

Tags

छुटाउनु भयो कि ?