News in Nepali

पछिल्लाे २४ घण्टामा ३ हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि १४ जनाकाे मृत्यु

Lumbinikhabar Online

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकाेछ । सङ्क्रमणबाट १४ जनाकाे ज्यान गएकाे छ ।

यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेकाे छ । नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै ,अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

 

Tags

छुटाउनु भयो कि ?