News in Nepali

राष्ट्र बैंकले माग्यो बैंकहरुसँग ७ लाख रुपैयाँ भन्दा बढीको नगद कारोबार भएको विवरण

Lumbinikhabar Online

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको बारेमा स्थलगत निरीक्षण लागि भन्दै यस्तो विवरण उपलब्ध गराउन २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । यस्तो अवस्थामा राष्ट्र बैंकले ७ लाखकै सीमा तोकेर विवरण माग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सी जस्ता भर्चुअल कारोबार अवैध रहेको भन्दै राष्ट्र बैंकले यस विषयमा कडा निगरानी गरिरहेको छ ।

Tags

छुटाउनु भयो कि ?