News in Nepali

कोरोनाका कारण स्थगित लोक सेवा आयोगको परीक्षा फागुन ६ गते देखि हुने

Lumbinikhabar Online

कोभिड-१९ का कारण रोकिएका लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

आज बिहिवार लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह ढप्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने र स्थगित सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा मापदण्ड, २०७७ पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?