News in Nepali

क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएर विश्व कप छनाेटको नजिक

Lumbinikhabar Online

कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएर विश्व कप छनाेटको नजिक पुगेको छ ।

कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ ।

Tags

छुटाउनु भयो कि ?