News in Nepali

बलेफी हाईड्रोपावर कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्दै

Lumbinikhabar Online

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का स्थानीयका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनिले आगामी २७ माघदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको हो ।

कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने उक्त समयमा पूर्ण आवेदन नपरेमा फागुन २७ गते सम्म खुला रहनेछ ।

निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

Tags

छुटाउनु भयो कि ?