News in Nepali

अमिताभ बच्चन अभिनित चलचित्र ‘झुण्ड’ मार्च ४ बाट रिलिज हुने

Lumbinikhabar Online

बलिउड अभिनेता अमिताभ बच्चन अभिनित चलचित्र ‘झुण्ड’को मार्च ४ बाट विश्व बजारमा रिलिज हुने भएको छ ।
अमिताभले चलचित्रको पोष्टर सार्वजनिक गर्दै तयार हुन फ्यानलाई अपील गरेका छन् । नागराज पोपटराव मञ्जुलले यो चलचित्रको निर्देशन गरेका हुन् ।

‘झुण्ड’ एक प्रोफेसरको कथामा आधारित छ । झुपड बस्तीमा बस्ने युवाहरुलाई फुटबल टिम बनाउनका लागि एक प्रोफेसरले दिएको प्रेरणाको कथामा यो चलचित्र बनेको छ ।

 

Tags

छुटाउनु भयो कि ?