News in Nepali

रुसमा पछिल्लो २४ घण्टामा १ लाख २१ हजार २८८ जना ओमिक्रोन बाट संक्रमित

Lumbinikhabar Online

रुसमा पछिल्लो २४ घण्टामा १ लाख २१ हजार २८८ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या अघिल्लो दिनको भन्दा ८ हजारले बढी र हालसम्मकै सर्वाधिक हो ।

रुसमा यो महिनाको सुरुमा दैनिक संक्रमितको संख्या करिब १५ हजार थियो । तर हाल ८ गुणाले बढेर दैनिक संक्रमितको संख्या धेरै देखिएको छ ।

त्यस्तै आइतबार रुसमा कोभिड-१९ बाट ६६८ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोना भाइरसबाट हालसम्म कुल ३ लाख ३० हजार ७२८ जनाको मृत्यु भएको छ । मृतकको उक्त संख्या युरोपमै सबैभन्दा धेरै हो ।

स्वास्थ्य प्रणालीले नयाँ संक्रमण सामना गरिहेको हुँदा कुनै महत्वपूर्ण प्रतिबन्ध नलगाइएको अधिकारीहरूको भनाइ छ । त्यहाँ महामारी सुरु भएयता एक पटक मात्रै देशव्यापी लकडाउन गरिएको छ । २०२० मा संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्दा देशव्यापी लकडाउन गरिएको थियो।

Tags

छुटाउनु भयो कि ?