News in Nepali

‘छाडा’ शब्दहरु प्रयोग गरेको भन्दै दुर्गेश थापाको नयाँ गीत तत्काल बन्द गर्न महिला संगठनको दबाब

Lumbinikhabar Online

गायक दुर्गेश थापाको नयाँ ‘पैसा’विवादित भए संगै तत्काल रोक्न माग गरिएको छ । उनको आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा रहेको उक्त गीत गत शुक्रबार सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएपछि आपत्तिजनक शब्द र प्रस्तुतिका कारण गीत विवादित बनेको हो ।

र्‍याप शैलीको यस गीतमा दुर्गेशले ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय कमिटीले गीतको प्रसारण तत्काल बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै ‘गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको अत्याधिक प्रयोग भएको छ । त्यसैगरी महिलाको अर्धनग्न शरीरलाई पैसासँग जोडेर अश्लील तरिकाले प्रदर्शन गरेर महिलालाई वस्तुकरण गरिएको छ’ संगठनको केन्द्रीय कमिटी संयोजक धनकुमारी सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आग्रहलाई बेवास्ता गरे यस प्रकारका गीत र कलाकारहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत संगठनले दिएको छ ।

Tags

छुटाउनु भयो कि ?