News in Nepali

पछिल्लाे २४ घण्टामा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि १० जना सङ्क्रमितकाे मृत्यु

Lumbinikhabar Online

नेपालमा पछिल्लाे २४ घण्टामा १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे भने १० जना सङ्क्रमितकाे ज्यान गएको छ ।

आज थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेकाे छ । यस्तै अहिले सम्म ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ९७ पुगेकाे छ ।

नेपालमा अहिले ८९ हजार नाै सय ४१ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?