आर्टिकल्स

भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको माहामारी जसरी फैलदै गएको छ । यसको जरो देखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुटनु पर्छ । भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो ।

अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ ।नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ । दलका शीर्ष भनिनेहरू भ्रष्टचारमा संलग्न भएको समाचार बेला बेलामा आउने गरेका छन् । बिचौलिया, ठेकेदार तथा सेवाग्राही पनि आप्mनो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने गरेको पाइन्छ ।

हाम्रो देशमा भ्रष्टाचारको सञ्जाल टोडनु पर्ने अबस्था देखिएको छ । यसको नेतृत्व राजनीतिक संयन्त्र र प्रशासनतन्त्रले गरेको छ । हाम्रो देशमा प्रशासनतन्त्र अझै इमानदार हुन सकेन । अहिलेसम्म देशको कर्मचारीतन्त्रमा कुनै पनि परिवर्तन भएको छैन । कर्मचारीतन्त्रमा ब्यापक सुधार गर्नु पर्ने आबश्यकता देखिएको छ । ढिलासुस्ती नै भ्रष्टाचार गर्ने खेल हो । राज्यले बनाएका नीतिनियम, कानुनलाई कार्यान्वयन गरी जनतालाई सेवासुविधा उपलब्ध गराउने दायित्व कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा निर्णयलाई कार्यान्ययन गर्ने संयन्त्र पनि कर्मचारीतन्त्र हो ।

कर्मचारीतन्त्र चुस्त, दुरुस्त, विकासमुखी, सेवामैत्री नबनेसम्म न त सेवाग्राहीले समयमा सेवा पाउन सक्छन् न त विकास निर्माणका कार्य नै सम्पन्न हुन सक्छन् । सुशासनबिना देशमा गुणस्तरीय विकास सम्भव हँुदैन । देशमा सुशासन कायम हुनु पर्छ । यो आजको आबश्यता हो । अहिले सेटिङ मिलाएर देशलाई खोक्रो बनाउने काम भइरहेको छ । हाम्रा नेताहरू आप्mनो पद, पदीय मर्यादा, देश र जनताप्रतिको गैरजिम्मेवार बन्दै गएका छन । स्वच्छ एवं निष्पक्ष प्रशासनतन्त्र नै आजको आबश्यकता हो । देश र जनताभन्दा अरु कोही पनि ठूलो छैनन् भन्ने भावना बोकेर हामी सबै हिडनु पर्छ । नीति नियम बनाउने र कार्यान्वयन गर्नेको मति नै भ्रष्ट भएको आजको अवस्थामा समाज सचेत हुन जरुरी छ ।

राजनीतिमा सक्षम र राम्रा मान्छे नै छैनन् । राजनीतिमा राम्रा मान्छे भन्दा हाम्रा मान्छेको हाबी बढि भयो । नातावाद, कृपावाद र आफन्तवाद नै राजनीतको ठूलो समस्या हो । संस्थान, प्राधिकरण, निगम, नियोगलगायतका राजनीतिक नियुक्ति हुने कार्यालयमा भागबन्डा गर्ने र आफ्नो मान्छे नियुक्ति गर्ने कार्यले सक्षम व्यक्ति पाखा लगाइएका छन् । सक्षम, अनुभवी एवं योग्यभन्दा आफ्ना राजनीतिक आस्था भएका वा पैसाले आप्mना बनाइएकाहरूको वर्चस्व व्याप्त छ ।

Tags

छुटाउनु भयो कि ?