News in Nepali

बलिउड अभिनेता कार्तिक आर्यन विवादमा

Lumbinikhabar Online

बलिउड अभिनेता कार्तिक आर्यन विवादमा परेका छन्। ‘शहजादा’ का निर्माता मनिष शाहले कार्तिकले चलचित्र छाड्ने धम्की दिएको खुलासा गरे पछि उनी विवादमा परेका हुन् ।

साउथका स्टार अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ जनवरी २६ तारिखबाट हिन्दी भर्सनमा रिलिज गर्ने तयारी गरिएको थियो । त्यसपछि आर्यनले यदि हिन्दी भर्सनमा चलचित्र रिलिज भएको खण्डमा चलचित्र नै छाडिदिने धम्की मेकरलाई दिए ।

यदि कार्तिकले चलचित्र छाडेको भए ‘शहजादा’को मेकरलाई ४० करोड घाटा लाग्ने पक्का थियो ।
चलचित्रको हिन्दी भर्सन हलमा रिलिज नहुँदा मनिष शाह र उनको टिमलाई २० करोड घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्माता मनिष शाहले कार्तिकको यो व्यवहारलाई अव्यावसायिक भन्दै आलोचना गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?