News in Nepali

पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

Lumbinikhabar Online

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली प्रमाणपत्र पेश गरेर प्रहरीमा जागिर खाएको खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
खड्काले प्रविणता प्रमाणपत्र तहको झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी छ ।

२००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेपछि खड्काले ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी पाएका थिए ।

Tags

छुटाउनु भयो कि ?